सरस्वती सिस को शिव जि सगको गुनासो

सरस्वती सिस को शिव जि सगको गुनासो शिव जि ले कबिता मार्फत भन्नू भयको

सबजनालाइ बुझाइ बस्ने
कस्तो आउँछ plan
ब्रम्हग्यानलाई सधैं भरी
हात उठाइ सलाम

सुन्नुन है शिव जि
गरिराछु पुकार
ब्रम्हग्यानले गरेको छ
सबैको उपचार

प्रभु पनि देख्नु हुन्छ
भाब बुझ्न सक्ने
भाग्यमानी ठान्छु उस्को
छेबैमा म बस्ने

पाठ पनि पढ्छु मैले
चर्चा पनि गर्छु
किन होला शिव जि
अलि तल झर्छु

हजुरको काम गर्दा
सार्है खुशी मन्ता
केही जतो लाग्दैन
आजकाल मलाई धन्ता

शिव जि लाई धन्यवाद मामा माइजु लाई धन्यवाद सबै bg साथीहरू लाई धन्यवाद

अन्जना सिस को बारेमा शिवजिले दिनु भयको कविता

अन्जना सिस को बारेमा शिव जि ले दिनु भयको कविता

सुर्य जस्तो मुहार तिम्रो कति हासी राको
मेरो मन नि तिम्लाइ देख्दा पग्लियर आको

भाब पनि त्याप्प टिप्ने ब्रम्ह यात्रा गर्यौ
तिमी पनि मलाई देख्दा अचम्ममा पर्यौ

कति मख्ख हुन्छौ फेरि मेरो दर्शन पाउँदा
मलाई पनि खुसी लाग्छ तिमी सग आउदा

कति निस्चल मन तिम्रो सार्है मन पर्ने
पाठ पढ मनन गर हैन तल झर्ने

तिम्लाइ देख्दा सब्को मन लोभियर आको
अनुभव नि गरि सक्यौ आफै बिलिन भाको

हात जोडी मलाई देख्छौ सार्है मख्ख पर्छौ
मनोजलाइ नि अघि अघि बढनु पर्छ भन्छौ

भाबमा बस सधै भरी हे मेरि पियारी
ब्रम्हग्यानको नियम मानी मनमा सियारि

शिव जि लाई धन्यवाद मामा माइजू लाई धन्यवाद सम्पुर्ण bg साथीहरू लाई धन्यवाद ???

धनकुमारी सिस को बारेमा शिवजिले दिनु भयको कविता

धनकुमारी सिस को बारेमा शिवजिले दिनुभयको कबित

यिनको पनि धेरै कुरा गरिराछु बिचार
ब्रम्हग्यान बुझाउनलाइ पार्नु पर्ने अचार
तर नगर है हतार

सहन त सहेकै हौ हेरिपनी राछु
कहिलेकाही त म आफै नै निराश पनि भाछु

समय त लाग्यो तनि अनुभव नि गर्यौ
मनलाइ बशमा नलियर अलि तल झर्यौ

आँखा पनि तिर्मिर हुन्छन हतारिन्छौ अति
मत सधै तिम्रै साथ छु पिर नगर कत्ती

अन्जनाको प्रगतिमा खुशि पनि भाथ्यौ
गहभरी आँसु पार्दै मलाई सम्झी राथ्यौ

के गर्छौ त धनकुमारी तिम्रै धेरै पोका
झिल्केका हातमा पनि उठि सके फोका

गर्न त खोजेकै हो मैले पनि चाडो
ब्रम्हग्यानले अझैपनि भरिछैनौ भाडो

किताब पनि पढ्नै पर्ने गर्नै पर्ने मनन
तिम्रा आफ्नै भबसागरले गरि राछ्न हनन

गुहार दिन्छु लिन्छु भन्छौ
सबलाइ बोलाउछौ
सबका कुरा सुन्दा सुन्दै
आफै टोलाउछौ

यकदिन तिम्रो पालो आउँछ
हुनेछ झलमल
सबले तिम्लाइ हेर्ने छन नि
पर्ने छन अलमल

बिर्स सबै अतीत जति
दुख पाकी थियौ
मेरो खोजी गर्थ्यौ अति
तेहि भयर आयौ

कति गर्छौ पिर पनि
गर्छौ सुर्ता अति
तिम्रो पनि पालो आउँछ
पिर नगर कत्ती

गर्छु भनी चर्चा मेरो
हिक्मत राखेकी छौ
तन ,मन,धन सबै
येतै पोखेकी छौ

अझै पनि दिन परे
दिन्छु बरु भन्छौ
शुभ उठछौ रातिसम्म
मेरै ध्यान गर्छौ

question उता सोधेकी छन
answer येता देको
मैले पनि उस्को धेरै
परिक्षा हो लेको

मलाई किन येति धेरै
दुख भाको भन्छेउ
येति दिन भो ब्रम्हग्यानमा
आको भनी गन्छेउ

तिम्लाइ माध्यम बनायर
बुझे सब्ले कुरा
मैले तिम्लाइ तिखारेर
बनाउदै छु छुरा

कहिले तिमी हास्दै आउछेउ
कहिले पर्छेउ छुस्स
झिल्केले नि घरी घरी
सोध्छ मलाई खुस्स

तिम्रो जागीर छैन भन्छ
प्याच्च वचन लाउछ
भोलिपल्ट टाइ सुट लगाइ
class बस्न आउँछ

भ्यायको नि छैनौ झिल्के
पसिना नि पुछ्न
सबजनालाइ लागेका छौ
ब्रम्हग्यानमा मुछ्न

शिव जि लाई धन्यवाद मामा माइजुलाइ धन्यवाद सम्पुर्ण bg साथीहरू लाई धन्यवाद
सदा शिव जि कि जय्??

शिबजी को शन्देस ब्रम्हज्ञानि हरु को लागि

शिव जि को शन्देश ब्रम्हज्ञानिहरुका लागि

जुगौ देखि खोजिराथे बुझ्ने मान्छे मैले
धेरै कोशिस गरिराथे पाउछु भनी पैले

जुगौ जुग लाग्यो मलाई मोडेल झिल्के पाउन
पार्वती ले भन्थिन मलाई छिटो खोजी ल्याउन

भन्छौ मलाइ सबजनाले शृस्ती कर्ता आफै
इशारा नै नबुझ्ने सन्तान मेरा च्याप्पै

हामीलाई चिन्ने मान्छे बल्ल पायका छौ
झिल्केको हेल्पर बनी class मा धाकाछौ

कति सुन्दर बगैचा मा फुल्यो ब्रम्हग्यान
नफस है अज्ञानतामा लगाउ येस्मै ध्यान

आउदैन येस्तो मौका सयौ जुनि सम्म
खेलकुद को मैदानमा पर्छौ हम्म हम्म

महत नै महत बाट बनेको छ सन्सार
प्रकृतिमा रम्ने हर्ले पाउने छैनन अन्सार

नफुस्कने गरि बाध ब्रम्हग्यान को पोको
सुन्यता मा झार्नु पर्छ सान्सारिक धोको

फसाउने छ चाहनाले सबै पूरा गर
माथी लाने पोको सबै ब्रम्हग्यानले भर

जनम जनम जस्ले मलाई खोजीराका थियौ
त्यही महतले ब्रम्हग्यान बुझ्ने मौका पायौ

सदुपयोग गर येस्लाइ भाबमा बसि राख
अल्झाउन आउनेलाइ लगाइहाल पाखा

फुकाउन पर्छ पहिले गाठो मनमा भाको
रेकर्ड छैन गाठो बोकि ब्रम्ह कोहि गाको

अब्यक्तमा ब्यक्तता महतको जन्म
महतको परिभाषा लेख्नु भित्रि मनमा

तीन शरीरको ज्ञान बुझ राख येस्लाइ मनमा
घरमा बसि जोगि बन जान हुन्न बनमा

म सबैमा स्थित अनि भिन्न बनेको छु
मेरो गुणको मनन गर सबलाइ भनेको छु

सदुपयोग गर्न जान गर अमृत पान
तरबार मा हिनेजस्तो छनी ब्रम्हग्यान

आत्मा स्व रुप बिराजमान सबै माछु मता
बाहिर बाहिर खोज्न भनी हिंड्छौ कता कता

भित्री मनमा खोज्ने गर येतै छु नि कतै
जब मलाई चिन्न थाल्छौ भेट्छौ जताततै

चिनेपछी भाबनाले बुझ्ने कोशिस गर
पगालेको फलाम झै ज्ञानको भाडो भर

मन खाली गर पहिला पत्र पत्र खोली
बोकि जान पाउने छौ ब्रम्हग्यानको झोली

सुछ्ममा बुद्धि लैजाउ समाउन इशारा
सबै समान मेरा लागि दिनेछु सहारा

गुरुको नि गुरु मै हु सबलाइ ज्ञान दिने
जस्ले मलाई बुझ्न सक्छ उसैले हो लिने

ज्ञान द्वारा अनुभव मलाई गर्ने गर
माया ,मोह,रिस्मा अल्झी कहिल्यै नि नझर

नौनी घ्यू को डल्लो जस्तो होनि ब्रम्हग्यानी
पढ ,बुझ ,मनन गर यै हो अमृत जानि ||

सानो तिनो दिमाखले बुझिन्न यो कुरा
दिमाखलाइ तिखारेर बनाउनु है छुरा

लक्ष्मिका आठ गुण बस मनन गरि
बल्ल तिम्रो ब्रम्हग्यान को पुर्ण हुन्छ झोली

कागजको पाना जस्तो बस है बनेर
नडग्मगाइ हिमाल जस्तो बन्नुछ भनेर

खोज्दै हिन्थेउ भौतारिन्थेउ गर्थेउ अनेक थरी
ब्रम्हग्यानको अमृतले पार मनलाइ भरी

सारै दुख भाथ्यो मलाई गलत अर्थ लाउदा
धेरै खुशी भयको छु ब्रम्हग्यानी पाउँदा

एउटा कुरा भन्न आउदा अर्कै अर्थ लाउथे
अज्ञानि देब्देबताको सम्पर्क मा पुग्थे

जस्ले हाम्रो चर्चा गर्छन आउछौ उस्कै घरमा
हाम्लाइ चिनाउ जिम्मा देछौ झिल्के तिम्रै भरमा

ब्रम्हग्यानको विरुद्ध मा लाग्यौ भने अति
भबसागरमा सधैभरी मार्नेछौ डुबुल्की – – –
शिवजी लाई धेरै धेरै धन्यवाद उहाको इसारा बुझ्न सक्ने बनाइदिनु भयो मामा माइजुलाइ हृदय देखिनै धन्यवाद सम्पुर्ण ब्रम्हग्यानी साथीहरू लाई धन्यवाद ??