मेरो ब्रह्मको अनुभव कवितामा

लेखकः  मुना गुरूङ्ग, बाझापाटन, पाेखरा

मैले २०७३ माघ ४ गते ब्रह्मज्ञानकाे क्लासमा तेस्राे नेत्र द्वारा शिवजी सँग भेटेकाे र ब्रह्मकाे अनुभव गरेकाे थिएँ । म एकदमै खुसि हुँदै घरमा गएँ ।  ब्रह्मको अनुभव गरेर घरमा आएपछि कविता लेख्न आयो । मैले यस भन्दा अगाडि कहिल्यै कविता लेखेकाे थिइन ।

कैलाशमा पुगेपछि हिउँ खेल्ने आनन्दको खेला भयो |

कैलाशबाट झरेपछि हिंड्दा हिंड्दै खाना खाने बेला भयो ||

खाना सेटमा खाइयो थुप्रै आइटम र चिकेन बिर्यानी |

शिवजी साथमा हुदाँ लागेन मलाई कुनै चिन्ता र पिर पनि ||

त्यो आपँको पुरानो अचारले मेरो मुख साह्रै रसायो |

शिवाजीसंगको कैलाश भ्रमणले मेरो शिवजीसंग माया प्रेम बसायो ||

ब्रह्म जान त ब्रह्मज्ञान बुझेर अनि मनको गाँठो फुकाएर हटाउन पर्दो रहेछ त्यो तुवाँलो |

शिवजीसंग माया प्रिती गाँसे पछि मात्र देख्न पाइने रहेछ  ब्रह्मको त्यो उज्यालो ||

 

 

जय शिवजी !!!

This post is also available in: English

Leave a Reply