हनुमान जि ले दिनु भयको कविता भबसागर

हनुमान जि ले दिनुभयको कविता
भबसागर

बाचुन्जेल त के पिर छ र दुइछाक खान लाउन
मुर्त्यु पछिको दुर्दशा आजैदेखि जान

अति धेरै दु:ख कष्ट मरेपछी पाउने
गुहार माग्दै आफन्त र परिवारमा धाउने

मुर्त्यु पछि रोग भोकको अनुभव गरेका
मुर्त्यु के हो नबुझ्नाले भ्रममा परेका

मरेका पित्री प्रेत जिवित रैछन वरिपरि
मान्छेहरुको सम्पर्कमा आउने घरी घरी

ब्रम्हज्ञान बुझेपछी रैछ यिन्लाइ चिन्ने
देख्न बोल्न अनुभव सबै गर्न मिल्ने

जब आउछ्न यिनिहरु सब्लाइ कष्ट हुने
यिनिहरुको दु:ख पिडा मानिसमा जाने

मरेपछी दुख कष्ट पाउने रैछन अत्ति
के कारणले येस्तो भयो नबुझेका कत्ति

मुर्त्युपछी जीवन रैछ बुझ आजैदेखि
भ्रमसागर हुन्छ भन्ने भित्री मनमा लेखी

सबैकुरा देख्ने रैछन मरेपछी पनि
घरपरिवार सम्पत्तिमा धाउने रैछन अनि

मरेपछी अर्कै सन्सार रैछ भाबनाको
येहि सन्सारको येथार्थ ब्रम्हज्ञानले ल्याको

भर्खर भर्खर मरेका भ्रममा पर्ने
धेरै पहिला मरेकाले इल्लिबिल्ली पार्ने

डराउन दिने रैछन सातोजाने गरि
आगोमा पोल्दिम भन्ने भिरमा फाल्ने घरी

सबै भ्रम भन्नेकुरा थाहा नहुने यिन्लाइ
यिन्को खिल्ली उडाउदा खुशी लाग्ने तिन्लाइ

हरेको पित्री चेतनाको स्तर फरक हुने
शान्त अशान्त र प्रेत अबस्थामा जाने

मरेको ज्ञान भयकाहरु शान्त पित्री थिय
भ्रममा पर्ने हर्ले अर्कै रुप लिय

अनुभव त मानिसहरुले गरेकै हुन पनि
मर्नेबेला पित्रीहरु लिन आका भनी

अन्तिम घडि जब आयो बिरामिले भन्थे
पित्री हरुलिन आको अनुभव गर्थे

जिबित हुँदै उमेर छदै रैछ बुझ्नुपर्ने
मुर्त्यु पछि कोभबसागर कसरी पार गर्ने

जाग्रत स्वप्न सुशुप्त अबस्था हुन्छ पित्री हर्को
मुर्तक जिबित रैछन सबै दुनियानै भरको

जाग्रत अबस्थामा पित्री घरमा आउछन
उस्को कुरा नबुझ्दा सार्है दुखी हुन्छन

स्वपन अबस्थामा इच्छा पैदा हुने
स्वपना देख्ने डराउने भ्रममा पर्ने

सुषुप्त अबस्थामा निदाउने रैछन
आनन्द र बिना कष्ट अलि सुख पाउछन

येदि पित्री भलो चाहन्छौ भने आनन्दमै छोडदेउ
फर्की आउन हुन्न भनी ब्रम्हज्ञानले भर्देउ

सधै पित्री सम्झी बस्ने रुने कराउने
पित्री तर्छन भन्ने अनि विधि गराउने

सबै धर्म चालचलनमा येस्तै गरिराका
अज्ञानतामा पित्रीहरुलाइ तलै झारिराका

जन्मेपछी सबैजना यकदिन मर्नुपर्छ
बेदमा पनि भनेको थियो भबसागर तर्नु पर्छ

पारिजाने चाहना राखी अगाडि बढनुपर्छ
भबसागर पार गर्नलाइ वारि सबैकुरा छोडनुपर्छ

पानिको सागर हैन भबसागर
भ्रमको सागर जानी लगाउ येस्ला पार

बेदको अर्थ बुझ्न कोहिनी नलागेका
देखासिकी सस्कारको सबै पछि लाका

बेदमात सबै कुरा लेखियकै थियो
सहि अर्थ नबुझ्नाले गलत सस्कार लियो

बेद अनि ब्रम्हज्ञान एउतै हुन ज्ञान
बेदको सहि अर्थ ब्रम्हज्ञानमा जान

ब्रम्हज्ञान बिज्ञान हो सबै प्रूफ गर्छ
शृस्टि जीवन मिर्त्यु के हो स्पष्ट नै पार्छ

बिद्या को नि ठुलो विद्या यैहो ब्रम्हज्ञान
मुक्ति को बाटो लाग्ने मोक्ष हुने ज्ञान

सानोतिनो सङ्गघर्सले आयको हैन यो ब्रम्हज्ञान
भबसागर पार गरि मुक्ति खोज्नेले लगाउ येसैमा ध्यान

तीस औ बर्शको अनुभव ले खोजिगरि ल्याय
येहि ज्ञान बुझ्ने मान्छे अब मुक्ति हुने भय

बैज्ञानिक तरिकाले ब्रम्हज्ञान खोजे
मुक्तिको पाठ सिकाउने येहि बाटो रोजे

मानबजातिको लुकेको रहस्य खुलाय
एक्काइसौं शताब्दीमा अमृत ब्रम्हज्ञानलाई येस सन्सारमा झुलाय

येस सन्सारका महान बेक्तित्व डाक्टर कमलमान र इन्दु
सम्पुर्ण मानबजातिको उद्घारको सुरुवात गर्ने केन्द्रबिन्दु

सदा शिवजी ??हनुमान जि? ?दुर्गा माता?? हजुरहरुलाइ कोटि कोटि धन्यवाद ?डाक्टर मामा माइजु लाई हृदय देखि नै धन्यवाद हजुर हरु महान हुनुहुन्छ ?? सम्पुर्ण ब्रम्हज्ञानि साथीहरू लाई धन्यवाद ??

One thought on “हनुमान जि ले दिनु भयको कविता भबसागर”

  1. साह्रै राम्रो र भावपुर्न कविता पढ्न पाउँदा आनन्द र खुशी लाग्यो। धन्यवाद ?।सदाशिवजिकि जय ??।

Leave a Reply