कैलाश कस्तो छ

कैलाश कस्तो छ भनेकी थियौ ।

त्यहाँ पुग्ने लक्ष्य पनि राखेकी  थियौ ।।

 

पुगेर छाड्छु भनेर कसम खाएकी थियौ ।

कैलाश हेरेर आउंछु भनेकी थियौ ।।

 

यस्तो ढिपी गर्नेलाई मैले लगें ।

यात्रा लामो थियो तर पनि पुगें ।।

 

सम्झन्छ आज पनि त्यस्तो दिन ।

भुल्दिन भन्छ यो त कुनै पनि दिन ।।

 

कैलाशको त्यो रमाईलो झुपडी ।

हेरेर दङ्ग पर्दै मारी थपडी ।।

 

खाना त मैले पकाई दिएँ उसलाई ।

मिठो मानी खाई सबै मुख रसाई ।।

 

घिरौंला र आलुको तरकारी ।

मेरै बारीको हो त्यो भुल्ने कसरी ।।

 

गुन्द्रुक र भट्ट साधेंको अचार ।

देख्ने बितिक्कै राखेकी थियौ बिचार ।।

 

यस्तो अनुभव तिमीले गरेकी थियौ ।

अब साँची राख सधैं नफाल व्यर्थै ।।

 

भन्ने बेला भएको छ अब अहिले ।

भन्देउ नबिर्सी सबै कुरा पहिले ।।

 

मेरो कोठाको सृंगार गरेर ।

पास भयौ सबै काम सकेर ।।

 

घरको पाली मेरो फेरेर ।

म त परेको थिएँ दङ्ग तिमीलाई देखेर ।।

 

तपाईंहरुलाई यस बारेमा अझै बुझ्न मन भए अरू लेखहरू, ब्रह्मज्ञानकाे किताब पढ्नु हाेला । रजिष्टर नभएकाे भए रजिष्टर गर्न यहाँ जानुस । Click here

This post is also available in: English

Leave a Reply