पुजा भनेको भगवानको श्रृङ्गार हो

पुजा भनेको भगवानको श्रृङ्गार हो। भगवानको काम गर्दै हिड्ने,भगवानको चर्चा गर्दै हिड्ने पनि श्रृङ्गार नै हो । भगवानको नजिक पुग्ने माध्यम नै श्रृङ्गार हो । भगवान नजिक पुग्न श्रृङ्गार गर्न जान्नु पर्दछ । हाम्रो श्रृङ्गार गर्ने तरीकानै नमिलेको कारणलेनै भगवानको नजिक पुग्न नसकेको हाे । भगवानको नजिक पुग्न सके पो उहाँहरुले हामीलाई चिन्नु र सुन्नु हुन्छ। हामी मन्दिरमा भगवानको पुजा गर्न जाँँदा भगवानलाई त्यस मन्दिरको पुजारीले बिहानै नुहाईधुहाई गरि,बस्त्र लगाई,गरगहना लगाई,फुलमाला,टीका लगाई प्रसाद अर्पण गरि एउटा भाडामा राखी भगवानको श्रृङ्गार गरिएको हुन्छ । तर हामीले के गर्छौ भने श्रृङ्गार गरिसकेको भगवानलाई टाउको माथिबाट जल खनाई सिरमा राखिएको फुल,निधारमा लगाईराखिएको टीका सबै मुखमा नाकमा आउने गरि खनाई दिन्छौँ । प्रसाद पनि एउटा भाडाँँमा नराखी भुईमै राखी दिन्छौं, गणेशजीको नाकमा लड्डु ठोस दिन्छौ,धुपबत्तिहरु बालेर कागजका खोल,फलफुलका बोक्राहरु जताततै फालिदिन्छौ ।

अब भन्नुहोस हामीलाई कसैले टाउकोमा पानी खनाईदियो र हामीले लगाएको टीका ,गरेको मेकप सबै अनुहारभरी लतपत भयो भने कति रिस उठछ होला ? हामीलाई खानेकुरा भुईमा राखी दियो र खाउ भन्यो भने खान्छौ? हाम्रो घरमा फोहोरो भएको मन पर्छ? यी कुराहरु हामीलाई त मन पर्दैन भने भगवानलाई त झन मनपर्ने कुरै भएन । तर खान नपाएका ती अज्ञानी देबिदेवता भने आउन्छन।(शास्त्रमा उल्लेख भए अनुसार भगवानहरु दुई प्रकारको हुन्छन् ।१-ब्रह्मज्ञानी देविदेवता जस्तै शिवजी,हनुमानजी,दुर्गामाता,सरस्वतीमाता,लक्ष्मीनारायण ,गणेशजी,राधाकृष्ण,रामसीता पर्दछन भने अज्ञानी देबिदेवता भन्नाले भुत,प्रेत,बोक्सी,नाग,पितृ पर्दछन।यिनिहरुलाई पनि शास्त्रमा देबिदेवता भनिएका छन।)

त्यसै कारण भगवानको श्रृङ्गार (पुजा)गर्नु भन्दा पहिला भगवान को हो? भगवान कस्तो हुनुहुन्छ?भगवानलाई के मनपर्छ?के मन पर्दैन? यी कुराको ज्ञान् पहिलेनै बुझेको हुनु पर्दछ।

बरु श्रृङ्गार (पुजा)गर्न आउदैन भने दुई हात जोडेर नमस्कार गरे मात्र पनि हुन्छ।मेरो पुजा गरेन भनेर ब्रह्मज्ञानी देविदेवता भने रिसाउनु चाहिँ हुदैन।

This post is also available in: English

Leave a Reply