ब्रह्मज्ञान सारै कठिन, बुझ्नलाई गारो रैछ

ब्रह्मज्ञान सारै कठिन, बुझ्नलाई गारो  रैछ ।

यो ज्ञान बुझ्छु भन्दा खेरि, छेक्न रोक्न आउदो  रैछ ।।

छेक्ने रोक्नेलाई काट्दै जादा, जीवन पार लाग्दो रैछ ।

आफ्नो जीवन पारलाग्दा, पितृ पनि तर्दो रैछ ।।

 

शिवजी को साथ पाइयो,अब मलाई के नै चहियो ।

जीवन पारलाउनु थियो ,पार लाउने साथी पाइयो ।।

छोड्ने छैन साथ कहिले ,समाई सके हात मैले ।

शिवजी को साथ पाउन,कति नाता छोडे मैले ।।

 

शिवजी ः

 

तिमिले साथ माग्यौ मलाई, साथ मैले दिएको छु ।

हात समाई तिमीलाई मैले, ब्रह्म कैलाश लागेकै छु ।।

मलाई पाउन छेक्ने सबै ,नाता संस्कार छोड्यौ तिमिले ।

पार लाग्छ जीवन तिम्रो, ब्रह्म तिर आफ्नो बाटो मोड्यौ तिमले ।।

 

यो कविता मलाई शिवजिले दिनुभएको  हो | मैले शिवजीलाई पाउने मात्र होइन मलाई शिवजीले ब्रह्म, कैलासको अनुभव पनि गराउनु भएको छ । त्यति मात्र होइन सदाशिव भन्ने ठाउँ पनि रहेछ जहाँ हामी मृत्यु पछि गएर बिलाउने हो । त्यो ठाउँको पनि अनुभव गराउनु भयो । यो अनुभव जीवनमानै गर्न सकिने रहेछ । यो जीवनमा नै सदाशिवको अनुभव गर्नुलाई नै  हाम्रो धर्म शास्त्रहरुमा” कैवल्य मुक्ति” भनिएको छ । यो अनुभव मैले २ वर्ष अगाडी गरेको हु ।

धन्यवाद!!

This post is also available in: English

Leave a Reply