भगवानलाई मैले देखेँ

भगवानलाई मैले देखेँ । तपाईहरुले पनि देख्न सक्नु हुन्छ । यति हो चाहना हुनु पर्यो ।

 

साथीहरु आज पनि यो संसारमा भगवान हुनुहुन्छ । यो कुरा सुन्दा तपाईहरु लाई अचम्म लाग्न सक्छ ।त्यो पनि स्वोभावीक हो । मैले पनि सुरुमा पत्याएको थिइन । यति धेरै पूजा, व्रत, जप, ध्यान गर्दा त आजसम्म भगवान देख्न सकेको छैन । हुनुभएको भए अवश्य देखिन्थ्यो भन्ने गर्दथे । तर मेरो यो सोच गलत रहेछ । हामीले त भगवानलाई चिनेकानै रहेनछौ । उहालाई पूजा, ब्रत, ध्यान ले होइनकी ब्रह्मज्ञानले मात्र पाउन सकिने रहेछ । ब्रह्मज्ञान भनेको जीवनको त्यस्तो ज्ञान हो । जुन ज्ञानले भगवान को हो ? मानिस को हो ? जीवन के हो ? मृत्यु के हो र तेस्रो नेत्र के हो भन्ने कुरा बुझाउछ । यहि कुरा बुझाउने ज्ञानलाई नै ब्रह्मज्ञान भनिन्छ ।

This post is also available in: English

Leave a Reply