वास्तवमा भगवान भनेको को हो ?

हामीलाई भगवान भन्ने शब्द कुनै नयाँ होइन । तर वास्तवमा भगवान भनेको को हो ? कस्तो हुनुहुन्छ ? के गर्नुहुन्छ ? हामीलाई चिन्नुभएको छ या छैन ? उहाँहरु यदि हुनुहुन्छ भने हामीले किन नदेखेको ?यस्तै प्रश्न आउँछ । भगवान हुनु हुँदोरहेछ । उहाँहरुको चेतनाको शरीर हुन्छ र सबै भन्दा उत्तम हुनुहुन्छ । उहाँहरुलाई देख्नको निमित्त स्वस्थ तेस्रो नेत्रको आवश्यक पर्दछ । भगवान भेट्नको लागि ब्रह्मज्ञान पढ्नुपर्छ र उहाँलाई भेटि सकेको मानिसको पछि लाग्नुपर्छ अर्थात जसले शुरुमा भगवानलाई भेट्यो उहाँकोमा गएर उहाँले भगवान भेट्ने तरिका सिकाउनुभयो भने बल्ल भेट्न सकिन्छ ।यसैक्रममा मैले पनि भगवान भेटिसकेको व्यक्तिको पछि लागें र उहाँको क्लासमा गएर धेरै समय धाएर त्यहाँको कुरा बुझेर भगवान देख्न सफल भएँ । अहिले मेरो स्वस्थ तेस्रो नेत्र खुलेको हुनाले म भगवानसंग दोहोरो कुरा गर्छु । म गौरबका साथ भन्नसक्छु कि भगवान हुनुहुन्छ र उहाँहरुसंग कुरा गर्न सकिन्छ ।

This post is also available in: English

Leave a Reply