सन्दर्भ -शिवजीसँगकाे कुराकानी

सन्दर्भ -शिवजीसँगकाे कुराकानी

दुई हप्ता जति भयो मेरो ब्रह्मज्ञानी साथीहरुले मसंग केही सहयोग माग्ने गरेका छन् अर्थात विभिन्न किसिमको सहयोग |म आफैलाई थाहा छैन अचानक किन यस्तो भयो भनेर |साथीहरुलाई विभिन्न ठाउँमा मेरो सहयोग चाहिएको अनुभूति गराउनु भएको थियो |मैले जवाफमा सकेको जति म गर्नेछु सबैलाई भनेर भन्न आउँछ तर उहाँहरुलाई मबाट कस्तो सहयोग चाहिन्छ भन्ने कुरा म आफैले बुझेको हुने थिएन |यसै क्रममा एक्लै बस्दा शिवजीलाई यो कुराको गुनासो राखें |किन होला शिवजी साथीहरुले मसंग सहयोग मागेको ? के म सहयोग गर्नको लागि योग्य छु त ? भनेर सोध्दा यस्तो कविता दिनुभयो |

ब्रह्मज्ञानमा आयौ तिमी यसको भाव बुझाएँ ।

म को हो भनेर तिमीलाई मैले सुझाएँ  ।।

अब त तिमी ब्रह्मज्ञानी भएछौ मैले सिकाएँ ।

यो कुराको महसुस तिमीलाई धेरै गराएँ ।।

आफ्नो कर्तब्य पुरा गर्न सधैं  गर अघि बास ।

लोभ ,माया ,रिस जस्ता कुरामा तिमी नफस ।।

सन्तोष होऊ आफुले पाएको ज्ञान र कर्तब्यमा ।

सबै मिलाई बस अब त यात्रा गर्नुछ मेरो साथमा ।।

तिमीलाई अझै केही कुरा सिकाउनुछ मैले ।

खुशी मिलेको छ तिम्रो त्यो सहयोग पाउनाले ।।

खुशी बन मैले नै हो तिमीलाई योग्य बनाएँ ।

केही कुरा नसोंची झट्ट निर्णय गरि मतिर आए ।।

सहयोग गर तिम्रा ब्रह्मज्ञानी साथीहरुलाई आज ।

जाँच लिएकोछु तिम्रो उनीहरु मार्फत तिम्रो काज ।।

हौसला बढाई देउ सबैको म त खुशी छु अहिले ।

यो कुराको आभास मैले गराएको हो पहिले ।।

पछि हट्ने होइन हात अगाडी सारी हिंड्ने गर ।

म त छु नि तिमीसंग पाईला लामो सार्ने गर ।।

सबै किसिमको सहयोगको भाव राख्ने गर ।

तिमी कहाँसम्म पुग्छौ भनी म हेर्छु वरपर ।।

 

शिवजीको यस्तो जवाफ कविता मार्फत पाउँदा मलाई साह्रै खुशी लाग्यो । उहाँ सधैं मेरो साथ हुनुहुन्छ भन्ने आभास भयो । यो सबै तेस्रो नेत्र मार्फत सम्भव भएको हो ।

 

 

This post is also available in: English

Leave a Reply