शिवजीको अचम्मको छ लिला

संसारमा धेरै राम्रा ठाउँ ।

कोही कहाँ पुग्छन् घुम्न गाउँ ।।

 

शिवजीको अचम्मको छ लिला ।

पालो कसको भन्दाभन्दै अब आयो बेला ।।

 

सुसको रहर थियो सदाशिवमा पुग्ने ।

बिन्ति गर्दागर्दै शिवजीले सुन्दै नसुन्ने ।।

 

हरेस नखाई पर्खी बस्दाबस्दै ।

हुनलागी शिवजीसँग नजिक नाता कस्दै ।।

 

कस्तो रहेछ तिम्रो बानी भनेको भनै गर्ने ।

यता झिल्केसँग गुनासो पनि प्रति दिन गर्ने ।।

 

हार मानी म पनि उसको काम हेर्ने ।

लौ त बेला भयो अब भनी म अघि सर्ने ।।

 

लैजान्छु भनी मैले भन्दा पनि ।

नपत्याउने रहेछ उसको बानी ।।

 

अरु मार्फत खबर पठाएँ मैले ।

लौ त अब जाने भए जाम अहिले ।।

 

विश्वास नगरीकन हाँसेकी थिइन् ।

कस्तो रहेछ यो शिवजी भनेकी रहिछिन् ।।

 

म त यस्तै हो हेर नानी आउ ।

भन्दाभन्दै अब शिवजीको पाउ समाउ ।।

 

हुन्छ भनी हात मेरो समाइकन ।

पाईला सारिन अब त हजुरसँग जान्छु भनीकन ।।

 

मेरो साथ पाउँदा उसलाई भयो आनन्द ।

त्यो देखेर सबै क्लासमा भएछन् मन्द ।।

 

यात्रा लामो गराइकन मैले लगें उसलाई ।।

धेरै ठाउँ देखाएर मन रमाई ।।

 

सपिंग पनि गर्ने रहर उसको मेटाई ।

पछि नआउ फर्की भनीकन सम्झाई ।।

 

हस भन्दै स्विजरल्यान्ड लिएर जाँदा ।

दङ्ग परि त्यहाँ रमाईलो मान्दा ।।

 

कस्ती सोझी रहिछे जे भने नि हुने ।

अब त जान पाएँ मसँग भनी हाँस्ने ।।

 

खाना खाई रमाईकन जाँदाजाँदै ।

गफ पनि बाटोमा धेरै गर्दागर्दै ।।

 

आइपुगे छ त्यो सदाशिव भन्ने पनि ठाउँ ।

नपत्याउने गरि हेरी भन्थी शिवजीको गाउँ ।।

 

अब जाऊ त्यहाँ बाट म त फर्किन्छु भन्दा ।

अझै नयाँ अनुभव गर्नु छ तिमिले भनेकाे सुन्दा ।।

 

सम्झाई बुझाई अनुभव मैले सदाशिवको गराएँ ।

यो देखि म पनि खुशी भएर फर्की आएँ ।।

 

अब बयान गर्नुपर्छ तिम्रो यो अनुभवको ।

सबै दङ्ग पर्ने छन् कुरा सुनी त्यो बेलाको ।।

 

काम मैले दिन्छु अब धेरै तिमीलाई ।

कम्मर कसी गर अब धन्यवाद भन्न मलाई ।।

 

 

 

मानिसले यो जीवनमा धेरै कुरा बुझ्नुपर्छ । म कहाँबाट आएँ ? मरेपछि कहाँ जाने हो ? यो कुरा कसलाई सोध्ने हो ? यो कुरा बुझ्नलाई के गर्नुपर्छ ? मरेपछिको पनि जीवन हुन्छ या हुँदैन ? यस्तै कुरा अहिले नै बुझ्नुपर्छ । यो सबै बुझ्न सकिन्छ । मरेर कहाँ पुग्ने हो भन्ने कुरा यहीं जीवनमा देख्न र  अनुभव गर्न सकिन्छ । मरेर हामी पुग्ने ठाउँलाई सदाशिव भनिन्छ । त्यसको अनुभव मैले गरिसकें । म अब ढुक्क छु मेरो जीवन कहाँ गएर बिसर्जन गर्ने भन्ने बारेमा मलाई थाहा भयो । एकचोटी देखेको ठाउँ अब म भुल्ने छैन ।

 

तपाईंहरुलाई यस बारेमा अझै बुझ्न मन भए अरू लेखहरू,ब्रह्मज्ञानकाे किताब पढ्नु हाेला । रजिष्टर नभएकाे भए रजिष्टर गर्न यहाँ जानुस । Click here

 

 

This post is also available in: English

Leave a Reply