शिबजी को शन्देस ब्रम्हज्ञानि हरु को लागि

शिव जि को शन्देश ब्रम्हज्ञानिहरुका लागि

जुगौ देखि खोजिराथे बुझ्ने मान्छे मैले
धेरै कोशिस गरिराथे पाउछु भनी पैले

जुगौ जुग लाग्यो मलाई मोडेल झिल्के पाउन
पार्वती ले भन्थिन मलाई छिटो खोजी ल्याउन

भन्छौ मलाइ सबजनाले शृस्ती कर्ता आफै
इशारा नै नबुझ्ने सन्तान मेरा च्याप्पै

हामीलाई चिन्ने मान्छे बल्ल पायका छौ
झिल्केको हेल्पर बनी class मा धाकाछौ

कति सुन्दर बगैचा मा फुल्यो ब्रम्हग्यान
नफस है अज्ञानतामा लगाउ येस्मै ध्यान

आउदैन येस्तो मौका सयौ जुनि सम्म
खेलकुद को मैदानमा पर्छौ हम्म हम्म

महत नै महत बाट बनेको छ सन्सार
प्रकृतिमा रम्ने हर्ले पाउने छैनन अन्सार

नफुस्कने गरि बाध ब्रम्हग्यान को पोको
सुन्यता मा झार्नु पर्छ सान्सारिक धोको

फसाउने छ चाहनाले सबै पूरा गर
माथी लाने पोको सबै ब्रम्हग्यानले भर

जनम जनम जस्ले मलाई खोजीराका थियौ
त्यही महतले ब्रम्हग्यान बुझ्ने मौका पायौ

सदुपयोग गर येस्लाइ भाबमा बसि राख
अल्झाउन आउनेलाइ लगाइहाल पाखा

फुकाउन पर्छ पहिले गाठो मनमा भाको
रेकर्ड छैन गाठो बोकि ब्रम्ह कोहि गाको

अब्यक्तमा ब्यक्तता महतको जन्म
महतको परिभाषा लेख्नु भित्रि मनमा

तीन शरीरको ज्ञान बुझ राख येस्लाइ मनमा
घरमा बसि जोगि बन जान हुन्न बनमा

म सबैमा स्थित अनि भिन्न बनेको छु
मेरो गुणको मनन गर सबलाइ भनेको छु

सदुपयोग गर्न जान गर अमृत पान
तरबार मा हिनेजस्तो छनी ब्रम्हग्यान

आत्मा स्व रुप बिराजमान सबै माछु मता
बाहिर बाहिर खोज्न भनी हिंड्छौ कता कता

भित्री मनमा खोज्ने गर येतै छु नि कतै
जब मलाई चिन्न थाल्छौ भेट्छौ जताततै

चिनेपछी भाबनाले बुझ्ने कोशिस गर
पगालेको फलाम झै ज्ञानको भाडो भर

मन खाली गर पहिला पत्र पत्र खोली
बोकि जान पाउने छौ ब्रम्हग्यानको झोली

सुछ्ममा बुद्धि लैजाउ समाउन इशारा
सबै समान मेरा लागि दिनेछु सहारा

गुरुको नि गुरु मै हु सबलाइ ज्ञान दिने
जस्ले मलाई बुझ्न सक्छ उसैले हो लिने

ज्ञान द्वारा अनुभव मलाई गर्ने गर
माया ,मोह,रिस्मा अल्झी कहिल्यै नि नझर

नौनी घ्यू को डल्लो जस्तो होनि ब्रम्हग्यानी
पढ ,बुझ ,मनन गर यै हो अमृत जानि ||

सानो तिनो दिमाखले बुझिन्न यो कुरा
दिमाखलाइ तिखारेर बनाउनु है छुरा

लक्ष्मिका आठ गुण बस मनन गरि
बल्ल तिम्रो ब्रम्हग्यान को पुर्ण हुन्छ झोली

कागजको पाना जस्तो बस है बनेर
नडग्मगाइ हिमाल जस्तो बन्नुछ भनेर

खोज्दै हिन्थेउ भौतारिन्थेउ गर्थेउ अनेक थरी
ब्रम्हग्यानको अमृतले पार मनलाइ भरी

सारै दुख भाथ्यो मलाई गलत अर्थ लाउदा
धेरै खुशी भयको छु ब्रम्हग्यानी पाउँदा

एउटा कुरा भन्न आउदा अर्कै अर्थ लाउथे
अज्ञानि देब्देबताको सम्पर्क मा पुग्थे

जस्ले हाम्रो चर्चा गर्छन आउछौ उस्कै घरमा
हाम्लाइ चिनाउ जिम्मा देछौ झिल्के तिम्रै भरमा

ब्रम्हग्यानको विरुद्ध मा लाग्यौ भने अति
भबसागरमा सधैभरी मार्नेछौ डुबुल्की – – –
शिवजी लाई धेरै धेरै धन्यवाद उहाको इसारा बुझ्न सक्ने बनाइदिनु भयो मामा माइजुलाइ हृदय देखिनै धन्यवाद सम्पुर्ण ब्रम्हग्यानी साथीहरू लाई धन्यवाद ??

Leave a Reply