हामीले जीवनमा एक पटक आफू को हुँ? म यहाँ किन आएको होला ? यो सृष्टी कसरी बनेको होला ? यहाँ सम्म कसरी आईपुगियो होला? सृष्टी के हो ?जीवन के हो ? मृत्यु के हो ? भनेर सबैले एक न एक पटक त सोच्यौ नै  होला। कसैले  एक मिनट सोच्यौ होला ।कसैले  आधा घण्टा सोच्यौ होला  कसैले 2दिन  सोच्यौ होला या कसैले धेरै भए 1 हप्ता सोच्यौ होला ।अथवा कोही कोही ले  फुर्साद मिले अझै पनि  यस्को बारेमा सोचिरहेका होलान । जे होस् यस्का बारेमा कत्ति पनि नसोच्ने भन्दा सोच्नेहरु पक्कै पनि अगाडी नै  छौ । जस्ले यस्का बारेमा एकपटक पनि सोचेन हुन सक्छ उस्मा  यस्ता गहिरो कुरा बुझ्ने क्षमता छैन होला । तर मानिस भएर जन्मिए पछि  सृष्टी , जीवन र मृत्यु  के हो भनेर बुझेको हुनुपर्दछ । होईन भने खाने र सुत्ने काम त कुकुरले पनि गरिरहेको छ यदी हामीले पनि त्यहीँ गर्ने हो भने 1 टा कुकुर भएर जन्मिनु र मानिस भएर जन्मनुमा केही फरक छैन जस्तो मलाई लाग्छ |

हामीले अहिले सम्म गरेका सस्काँर के का लागी  रहेछ त ?हामीले गरेको सस्काँर कत्तिको बुझेर गरेका छौ त ? बुझेरै, त्यो सस्काँरको महत्व जानेरै गरेको होकी, यत्तिकै बा बाजेले गरेको   देखेर सिको मात्रै गरेको हो ? बा बाजेले नै गरेको काम जस्ताको त्यस्तै गर्दा   कतै हजुरबाले श्राद्ध गर्दा पिडीँमा सामन जुठो पार्लाकी भनेर बाँधेको बिरालो ,नातिको पाला सम्म   श्राद्ध गर्दा घरमा नभको बिरालो पनि गाऊँमा गएर खोजी खोजी ल्याएर बाधेँ जस्तै पो भयो की । त्यसरी नै हामीले गरेका  सस्काँर नबुझी गर्दा त्यहीँ बिरालोको कथा जस्तै पो भयो की? हामीले गर्दै आएका सस्काँरले  त्यसरी नै  कतै बाटो पो बिराएकी ?

पितृ तार्ने भन्दै बर्षै पिच्छे ब्रह्मण आएर पितृ तार्ने सँस्कार छ हाम्रो समाजमा ।पहिलो वर्ष नै पितृलाई तारी सकेको भए अर्को वर्ष फेरी  कस्लाई  तार्न आउदा रहेछन्?  कि त पितृ तार्न आउने  ब्रह्मणले पहिला अल्लि पर सम्म छोडेर आएको थिए , यो पाली  चाही पक्कै पुरै तारेर आउछु भन्नुपर्यो। जे होस् हामी कसैले पनि अहिले सम्म   ब्रह्मणलाई सोधेका भने छैनौ। यदि सोधि हाले उनीहरु आफूले पितृ तार्ने काम कत्तिको बुझेर गरेका छन् या नबुझेरै  भए नि गरि राखेका छन्,  कतिका पितृलाई साच्चिकै तारे  तनि भन्ने  कुरा त  उनिहरु आफैलाई  थाहा  होला।

यो  हामी ले दिनानु दिन गर्ने कुरा  भन्दा यो कुरा  फरक छ । कसैलाई लाग्न सक्छ होईन यो किन यति जान्नी भकी ? तर म जान्नी भएकी होईन । यदी हामीलाई हाम्रो आफन्तको माया लाग्छ भने उनीहरु गलत बाटोमा हिडेका छन् र आफू सही बाटोमा हिडेका छौ भने  उनीहरुलाई सही बाटो देखाउन पर्छ जस्तो मलाई लाग्छ । आफ्ना आफन्त , नातेदार ,साथीभाईलाई पनि आफूले जानेको कुरा भन्नु पर्छ जस्तो लाग्छ मलाई ।

शास्त्रको भनाई अनुसार ब्राह्मण र ब्रह्मज्ञानी भनेको फरक छ।  ब्राह्मणले ब्रह्मको बारेमा पढेको हुन्छ र त्यही कुरा अरुलाई सिकाउन सक्छ। ब्रह्मज्ञानीले ब्रह्मको बारेमा पढ्नुका साथै अनुभव पनि गरेको हुन्छ। जुन अनुभव र अनुभूतीहरु एक ब्रह्मणले नगरेको हुन सक्दछ।यही फरक यी दुई विद्वान विच छ।   ब्रह्मज्ञान भनेको सृष्टी , जीवन , मृत्यु र तेस्रोनेत्रको ज्ञान हो । यो ज्ञानको बारेमा पढेका , बुझेका र अनुभव पनि गरेका मानिसलाई ब्रह्मज्ञानी भनिन्छ ।ब्रह्मज्ञान ब्रह्मज्ञानीद्वारा मात्र सिक्न सकिन्छ । ब्रह्मज्ञान वेद शास्त्रको मुल तात्पर्य हो । ब्रह्मज्ञान शिवजीले दिनुभएको हो ।

हरेक मानिसको तेस्रो नेत्र हुन्छ ।त्यस तेस्रो नेत्र मार्फत् पितृ ,भूत,प्रेत देवी देवतासँग सम्पर्क गर्ने गर्न सक्दछ ।कसैलाई यो कुरा पत्याउन गार्हो हुन सक्दछ।खोई हामीले अहिले सम्म  देखे छैनम्, हामी पत्याउन्नम् पनि भन्न भ्याउलान्।  यो स्वभाभिक  नै हो ।  नदेखेको कुरो पत्याउनु पनि कसरी ?

समाजमा नयाँ कुरा पचाउन गार्हो हुन्छ।त्यस्तो समाजले पचाउन नसक्ने  नयाँ नयाँको कुराको अविष्कार गर्ने आविष्कारकले झन्डै ज्यान गुमाउनु परेको त्यस्ता धेरै उदाहरणहरु छन् ।  16औ शंताब्दीमा मा ग्यालिलियोले सुर्यले पृथिवीलाई होईन ,पृथिवीले सुर्यलाई घुम्छ भन्दा  जेल जानु पर्यो। त्यस्तै 16औ शंताब्दीमै डच् का microscopist यान्टोनी वेन लिवयनहुकले ब्याक्टेरीया (आँखाले देख्न नसकिने सुक्ष्म जीव) को पत्ता लगाए जस्लाई हेर्न छुट्टै साधन चाहिन्छ।त्यस जीवलाई  माईक्रोस्कोपद्वारा मात्र देख्न सकिन्छ। अब आफूले आफ्नै आँखाले अहिले सम्म नदेखेकै भरमा ब्याक्टेरीय भन्ने हुदैँ हुदैँन भन्नु 21औ शंताब्तीमा कत्तिको मुर्खता होला त्यो त अहिलेको पढिलेखेको शिक्षित समाजलाई नै थाहा होला ।  जसरी आज भन्दा 500 वर्ष अगाडी ब्याक्टेरीया हुन्छ भनेर पत्ता लाग्यो ,त्यसरी नै 21औ शंताब्दीमा ब्रह्मज्ञानले लिङ्ग शरिर हुन्छ भन्छ। त्यसै गरी अदृश्य चिजलाई  हेर्नका लागी छुट्टै नेत्र चाहिन्छ, हरेक मानिसको तेस्रो नेत्र हुन्छ , हामीले देख्ने गरेको मृत्यु अपूर्ण हो , भगवान हुनुहुन्छ  भन्ने कुराको आविष्कारले विज्ञानका आविष्कारको  क्षेत्रको  पर्खालमा एउटा नयाँ ईट्टा थप्ने काम गरेको छ।

ब्रह्मज्ञानमा धर्म संस्कार वेदशास्त्रको चर्चा गरेको देख्दा कतै धर्म संस्कारको शिक्षा दिन खोजिएको हो की जस्तो लाग्न सक्छ । कतिपय   विज्ञान र चिकित्साशास्त्रले  खोज्न   नसकेका जवाफ र उपायहरु यिनै धर्म  संस्कार र हिन्दु धर्मका स्तुति , पुराणहरु तथा पुराना  वेदशास्त्रहरुमा  थिए। सबै कुरा एउटै किताबमा लेखिएका थिएनन्। तर कतै न कतै लुकेर बसेका अर्थ नलागेको वा गलत अर्थ लगाईएको अवास्थामा  ति मानव जातलाई चाहिने कुराहरु लेखिसकेको  थियो । त्यसैले ब्रह्मज्ञानमा धर्म संस्कारका कुराहरु चर्चा वा समावेश हुन आईपुगेका छन् ।

ब्रह्मज्ञानका कुनै पनि कुरा काल्पनिक होईनन्। या कसैका मनगढन्ते भनाई होइनन्।  विज्ञानको जसरी  ब्रह्मज्ञानका कुराहरुको प्रमाण  छन्। त्यसैले ब्रह्मज्ञान शुद्ध विज्ञान हो। ब्रह्मज्ञान कुनै धर्म , संस्कार वा धर्म गुरुसँग बाधिँएको छैन। यहाँ कुनै धार्मिक गुरुको जयकार गर्न सिकाईन्न।   हरेच मानिसको शारीरिक ,सामाजीक , आर्थिक ,अन्तराष्ट्रिय समस्याहरु थिए। मानिसको जीवनभर र मृत्यु पछि पनि समस्या थिए।त्यस्को समाधन वेद्शास्त्रहरुमा लुकेर बसेका थिए। ब्रह्मज्ञानमा वेद्शास्त्रमा उल्लेख भएका सँस्कृतका श्लोकको सही अर्थ लगाइएको छ।

ब्रह्मज्ञान बुझ्ने क्रममा 3 वर्ष लगातर क्लिनिक हलमा सहभागी भएर साथै website पढेर अस्वस्थ तेस्रो नेत्र खोल्ने क्रममा विभिन्न अद्रिश्य चिजहरुलाई देख्न सक्ने, तिनीहरुसङ्ग दोहोरो सम्पर्क गर्न सक्ने भएर मन्दिरहरुमा जाने सरसफाई गर्ने साथै senior ब्रह्मज्ञानीहरुसगँ ब्रह्मज्ञानको बारेमा सोधपुछ र चर्चा गर्दै जादा आफूलाई पनि त्यस्तै अद्रिश्य चिजहरुले दुख दिईरहेछन् भनेर थाहा पाएँ । तिनीहरुलाई चिनेर तिनीहरुबाट तर्कने उपाय पनि सिक्दै गएँ। विस्तारै स्वस्थ तेस्रो नेत्रद्वारा साक्षत ब्रह्मज्ञानी शिवजीलाई पाएँ र मैले ब्रह्मको अनुभव गरेँ। ब्रह्म भनेको सृष्टिको सुरुको अब्यक्त अवस्था हो। ब्रह्ममा सेतो अज्यालो हुन्छ। त्यो स्वप्रकाश आखाँले भ्याए सम्म चारै तर्फ फैलिएको हुन्छ।त्यो प्रकाश सुर्य भन्दा तेज हुन्छ जस्ले शितलता अनुभव गराउदछ। ब्रह्मको अनुभव गर्दा शान्त र आनन्द महसुस हुन्छ। मैले ब्रह्मको उज्यालो छुन कोशिष गरेथेँ तर त्यो अज्यालो मेरो वरीSपरी नै थियो , त्यो उज्यालो खोज्न अन्त कतै जानै नपरेको के। मैले ब्रह्मको अनुभव गर्दा छक्कै परेँ। त्यस्तो ठाँउ छ है भनेर सायद कमैलाई थाहा होला। ब्रह्मज्ञानीले ब्रह्मको अनुभव गरेको हुन्छ जुन अनुभव र अनुभुतिहरु एक ब्रह्मणले नगरेको पनि हुन सक्दछ। त्यस ब्रह्म प्राप्ति गर्न सिपालु गुरुको आवश्यकता पर्छ भनेर शास्त्रहरुमा उल्लेख गरिएको छ।

 

अन्तत: बुझ्नेलाई यो कुरा गहिरो छ नबुझ्नेलाई घर छेऊमै पहिरो छ।

बुझ्नलाई त के गार्हो छ र ,बुझाउनलाई गार्हो कति कति । हामी सबै धर्मात्मी छौँ। मन्दिरमा घण्टौ लाइनमा बसेर 1लिटर दुध मुर्तीको टाउकैबाट खनाएर आफ्नो सबै कुरा भगवानलाई सुनाउछौँ। तर स्वयम् भनवानको कुरा चही सुन्नै खोज्दैनौँ।  मृत्यु जस्तो अपरिहार्य चिजलाई सके सम्म सुन्नै नपरे हुन्थ्यो  जस्तो गर्छौ ।हामी वास्तविकता भन्दा टाढा बाँचिरहेका छौ। एकपटक मर्नु त सबैलाई छ।  अगाडी नै भएको खाल्टोमा एक्कासी परेर चोट खानु भन्दा अगाडी खाल्टो छ है भनेर हेरेर,बुझेर, नापेर हाम फाल्नेलाई पक्कै पनि कम चोट लाग्ला।आज सम्म मृत्यु पश्चात  गरिदै आएका सस्काँर त्यसै गरिएका होईनन्। कसैलाई थाहा थियो कि मान्छे मरेपछि पनि अस्को लिगँ शरीर जीवित रहेको हुन्छ। तिनै लिगँ शरीरहरु घरका अन्य सदस्य वा आफन्त वा चिनेजानेकालाई लिन आउछन्। ति मरे पछि पनि लिन आउछन्।

यस्तो अमुल्य ज्ञान खोजेर  हामीलाई  सिकाउनु हुने सर म्यामलाई धेरै धेरै धन्यवाद ।🙏

सर म्यामको कुराहरु ,ब्रह्मज्ञानमा अलि अलि बुझेका कुराहरु अरुलाई सरल भाषामा कसरी  आफ्नो तरिकाले बुझाउने भनेर लेख्न प्रयास गरेको हुँ। कतै केही कुरामा त्रुटी भएमा मलाई माफ गरी सच्याईदिनु होला। ब्रह्मज्ञान बुझ्ने सके अमृत हो रहेछ।  ब्रह्मज्ञानले नर्कको दुखाईबाट बचाउछ। ब्रह्मज्ञान र सदाशिवको भाव भन्दा कहिल्यै टाढा जान नपरोस्।

सदाशिवजीकी जय 🙏🙏🙏

दुर्गा माताकी जय🙏 🙏

शिवजीकी जय🙏, पर्वती माताकी जय 🙏, सरस्वती ब्रह्मजीकी जय 🙏,लक्ष्मी नारायणजीकी जय🙏 , गणेशजीकी जय🙏, राधा कृष्णजीकी जय🙏 , सीता रामजीकी जय 🙏,बजरङ्गबली हनुमानजीकी जय 🙏, नारदजीकी जय🙏 ,तालबाराही माताकी जय 🙏,शितलादेवी माताकी जय🙏 ,भद्रकाली माताकी जय🙏 ,मनकामना माताकी जय🙏 ,बिन्धावाशिनी माताकी जय🙏सम्पूर्ण ब्रह्मज्ञानी देवीदेवताकी जय🙏 सदाशिवजीकी जय🙏🙏🙏।

सर म्यामलाई धेरै धेरै धन्यवाद 🙏🙏।सम्पूर्ण ब्रह्मज्ञानी साथीहरुलाई धेरै.. धन्यवाद🙏

Leave a Reply