हामीले जीवनमा एक पटक आफू को हुँ? म यहाँ किन आएको होला ? यो सृष्टी कसरी बनेको होला ? यहाँ सम्म कसरी आईपुगियो होला? सृष्टी के हो ?जीवन के हो ? मृत्यु के हो ? भनेर सबैले एक न एक पटक त सोच्यौ नै होला। कसैले एक मिनट सोच्यौ होला ।कसैले आधा घण्टा सोच्यौ होला कसैले 2दिन सोच्यौ होला या कसैले धेरै भए 1 हप्ता सोच्यौ होला ।अथवा कोही कोही ले फुर्साद मिले अझै पनि यस्को बारेमा सोचिरहेका होलान । जे होस् यस्का बारेमा कत्ति पनि नसोच्ने भन्दा सोच्नेहरु पक्कै पनि अगाडी नै छौ । जस्ले यस्का बारेमा एकपटक पनि सोचेन हुन सक्छ उस्मा यस्ता गहिरो कुरा बुझ्ने क्षमता छैन होला । तर मानिस भएर जन्मिए पछि सृष्टी , जीवन र मृत्यु के हो भनेर बुझेको हुनुपर्दछ । होईन भने खाने र सुत्ने काम त कुकुरले पनि गरिरहेको छ यदी हामीले पनि त्यहीँ गर्ने हो भने 1 टा कुकुर भएर जन्मिनु र मानिस भएर जन्मनुमा केही फरक छैन जस्तो मलाई लाग्छ ।
हामीले अहिले सम्म गरेका सस्काँर के का लागी रहेछ त ?हामीले गरेको सस्काँर कत्तिको बुझेर गरेका छौ त ? बुझेरै, त्यो सस्काँरको महत्व जानेरै गरेको होकी, यत्तिकै बा बाजेले गरेको देखेर सिको मात्रै गरेको हो ? बा बाजेले नै गरेको काम जस्ताको त्यस्तै गर्दा कतै हजुरबाले श्राद्ध गर्दा पिडीँमा सामन जुठो पार्लाकी भनेर बाँधेको बिरालो ,नातिको पाला सम्म श्राद्ध गर्दा घरमा नभको बिरालो पनि गाऊँमा गएर खोजी खोजी ल्याएर बाधेँ जस्तै पो भयो की । त्यसरी नै हामीले गरेका सस्काँर नबुझी गर्दा त्यहीँ बिरालोको कथा जस्तै पो भयो की? हामीले गर्दै आएका सस्काँरले त्यसरी नै कतै बाटो पो बिराएकी ?
पितृ तार्ने भन्दै बर्षै पिच्छे ब्रह्मण आएर पितृ तार्ने सँस्कार छ हाम्रो समाजमा ।पहिलो वर्ष नै पितृलाई तारी सकेको भए अर्को वर्ष फेरी कस्लाई तार्न आउदा रहेछन्? कि त पितृ तार्न आउने ब्रह्मणले पहिला अल्लि पर सम्म छोडेर आएको थिए , यो पाली चाही पक्कै पुरै तारेर आउछु भन्नुपर्यो। जे होस् हामी कसैले पनि अहिले सम्म ब्रह्मणलाई सोधेका भने छैनौ। यदि सोधि हाले उनीहरु आफूले पितृ तार्ने काम कत्तिको बुझेर गरेका छन् या नबुझेरै भए नि गरि राखेका छन्, कतिका पितृलाई साच्चिकै तारे तनि भन्ने कुरा त उनिहरु आफैलाई थाहा होला।
यो हामी ले दिनानु दिन गर्ने कुरा भन्दा यो कुरा फरक छ । कसैलाई लाग्न सक्छ होईन यो किन यति जान्नी भएकी?

 

Leave a Reply