लेखकः बुध्दि देवकोटा, काउँखोला, पोखरा

ब्रह्म हो सृष्टिको सुरु,अन्त्य पनि हो त्यही ।
बिचल्लीत भइ डुल्छन ती जीवहरु, बुझ्न गाह्रो छ यहि ।
ब्रह्ममा चन्चलता हुँदा, सानो महत भयौ ।
बिलाउनुथ्यो त्यही महतमा गई, कता गयौ गयौ ।
म छु सबैमा सबै ममा छ भनी, बुझ्छन् जसले याहा ।
सारा ब्रह्माण्ड म नै हो भनी चिन्छौ तिमिले त्याहा।
सन्सारको बन्धनमा नभुल तिमी, छन त्याहा अनेक जात थर ।
मोक्षको बाटो नछोडि हिंड तिमि, ब्रह्म हो तिम्रो घर ।
शान्त छ आन्नद याहा स्वप्रकास र चेतना ।
ब्रह्मज्ञानको अमृत पान गरि स्थिर राख मन ।
गन्तव्यमा पुग्नुछ तिमी, अमृत पान गरि ।
ज्ञान अमृतमा पौडन सिक तिमी, भावनाको सागर तरि ।
तिष्णाको भारी बोकि याहा, डुल्छौ नि कता कता ।
ज्ञानको दृस्टी उघारी हेर नर हो, म नै छु जता तता।

 

Leave a Reply