निर्मल ब्रह्मज्ञान

ब्रह्मज्ञानको   ज्ञान  हामी |

गहिरो गरी बुझ्नु छ ||

 

त्यही ज्ञानमा  लागी हामी  |

चुर्लुम्ब भै डुब्नुछ ||

 

त्यही  ज्ञानको यात्राबाट  |

मानव जीवन तार्नु छ ||

 

ब्रह्मज्ञान जति बुझ्यो |

उति जीवन बुझिन्छ ||

 

ब्रह्मज्ञान ग्रहण गरे  |

जीवन ज्योति बन्दछ  ||

 

ब्रह्मज्ञान हासिल हुँदा |

तेश्रो आँखा खुल्दछ ||

 

त्यही आँखा खुलेसि |

सदाशिव भेटिन्छ ||

 

सदाशिव भेटेपछि |

जीवन बोध गरिन्छ ||

 

सदाशिवको  दर्शनले  |

ज्ञानको  यात्रा मिल्दछ ||

 

जीवनबोधका हरेक कुरा |

उनैसँग  सोधिन्छ ||

 

सच्चा दिलले खोजेमा |

सधैं बोल्न पाइन्छ ||

 

तपाईंहरुलाई यस बारेमा अझै बुझ्न मन भए अरू लेखहरू पढ्नु हाेला । रजिष्टर नभएकाे भए रजिष्टर गर्न यहाँ जानुस । Click here

This post is also available in: English

Leave a Reply