मेराे तेस्राे नेत्रले देखेकाे र मलाइ अाएका कविता ः
अचानक अनायासै जाली ढोका खोलेको आवाज आउँदा ।
मनमा कौतुहल भै चर्को स्वरमा को हो ? भनेर सोध्दा ।।
नानी भित्र पस्ने व्यक्ति मै हुँ नि भनेर सानो स्वरमा बोल्दा ।
आश्चर्य मिश्रित सोचमा परी फरक्क फर्केर हेर्दा ।।
तिस वर्ष पहिलाका ति दिन एक्कासी मेरो समिप प्रस्तुत हुँदा ।
मैले मेरै अगाडि हजुर आमाको दिदि देख्न पाउँदा ।।
श्वेत पहिरनको त्यो बुट्टे साडीमा उनी उभिंदा ।
सारी समात्दै यताउता गरेकी उनलाई किन आको भनि सोध्दा ।।
लजाएको स्वरमा ब्रह्म जान पाइन्छ कि नानी भन्दा ।
अन्जानको अभिनयमा कहाँ छ ब्रह्म भनी मैले सोध्दा ।।
बुझ्पचाएर बोलेको उनले थाहा पाएको देख्दा ।
अन्तरज्ञानको चेतले भवसागर बुझ भनें सदा ।।
बुझ भवसागर अनि देख महेश जो छ साथ ।
पछयाउ सदाशिव तार यो जीवन पार सुखी गाथ ।।
लागें म फेरि आफ्नो उही घरेलुधन्दामा ।
फोहर फाल्न जाँदा देखें भंगेरी चरी बरण्डामा ।।
रुझेर निथ्रुक्क भएको कुक्क्रुक्क परेर बसेको ।
लाग्यो झ्याल बाहिरबाट केही भन्न खोजेको ।।
हानें मैले उस्लाई नजिकै गएर ।
नडराई हेर्यो मलाई मायालु भएर ।।
समात्न खोजें चरी भंगेरीलाई ।
बस्यो त्यहीं नटेरी हेरेर मलाई ।।
उड्दै फुर्र, बुढी आमैको स्वरमा भन्यो मुस्काइ ।
भवसागर, सदाशिव अनि ब्रम्हाज्ञान बुझें मलाई ।।
तपाईंहरुलाई यस बारेमा अझै बुझ्न मन भए अरू लेखहरू पढ्नु हाेला । रजिष्टर नभएकाे भए रजिष्टर गर्न यहाँ जानुस । Click here
This post is also available in: English