भगवान कृष्णजीले दिनुभएको

यो कविता मलाई २०७३ – ४ -३२ को दिनमा भगवान कृष्णजीले दिनुभएको हो । यस कवितामा कृष्णजीले आफ्नो आउने जन्मदिनमा हामी ब्रह्मज्ञानी सबैलाई कसरी मन्दिरमा आउने हो ? के – के गर्ने हो भन्ने बारेमा बताउनुभएको छ । पढनुस है सबै जनाले र उहाँको जन्मदिन मनाउनको लागि तयार भएर बस्नुस ।

कृष्णजीको आउने जन्मदिन भरी ।

आउने छौ तिमीहरु मेरै वरिपरी ।।

आउ आउ हे मेरा ब्रह्मज्ञानीहरु साथ पाई ।

कसरी आउने हो भन्दिनुस हजुरले रमाई ।।

एकदम चिटिक्क गरेर आउ म त हेर्छु ।

आँखामा चस्मा सबैको छ छैन केरकार गर्छु ।।

ल्याउनु पर्दैन मलाई केही तिमीहरु आए पुग्छ

म त रमाई बस्नेछु साथ तिमीहरुको पाए पुग्छ ।।

नाच्ने हो, गाउने हो रमाईलो गरौंला ।

त्यस दिनको प्रोग्राम निकै सफल पारौंला ।।

हेर्नेको भिड लाग्नेछ खुशी हुनेछौ सबै ।

यस्तो देखेपछि म त साह्रै खुशी हुन्छु बाबै ।।

दिनभर रमाईलो गर्ने हो ।

साँझ क्लासमा आउने हो ।।

त्यस दिनको मेहेनतको फल मैले दिने हो ।

अब भन को को आउने हो ? ।।

नयाँ सरप्राइज दिन्छु त्यस दिन ।

आज भन्दिन अझै कुर केही दिन ।।

म त अति खुशी छु त्यस समयको लागि । आज पनि यस संसारमा भगवान हुनुहुन्छ । यो कविता उहाँले नै दिनुभएको हो । यो सबै सम्भव छ । यो कसरी भयो ? किन भयो ? यसको रहस्य के होला भनेर यदि प्रश्न उठेमा यस बारेमा बुझ्न सकिन्छ । यो कुरा बुझ्नको लागि Register र Membership गर्नुहोला ।

 

This post is also available in: English

Leave a Reply