मुक्ति मोक्ष पाइन्छ

यो जीवनमै अनुभव गर्नु छ ।

यो अनुभव, अरुलाई तिमीले भन्नु छ ।

उपचार गर्नलाई खोज्ने, होइन तिमीले अहिले ।

बाटो डोर्याउन, मिलाएर भन पहिले ।।

 

गुहार मागे तिमीसंग, गुहार दिने काम गर्नु ।

निन्दासुस्ती गर्नेलाई, वास्ता प्वास्ता नगर्नु ।।

एकदिन यस्तो आउनेछ, तिम्रो सफल जीवन देख्नेछन् ।

बल्ल तिनको गुमेको, होस पनि खुल्नेछन् ।।

 

पक्कै त्यो दिन आउने छ, ज्योत्सना खै भन्ने छ ।

त्यो दिन कुरी बस है, जीवन पार लाग्ने छ ।।

सबका पितृ यही छन्, भनी तिमीले भन्नु छ ।

नपत्याउनेहरुको, पितृ आफै वक्ने छ ।।

 

संसार सबै उस्तै छन्, अलपत्र र अशान्त ।

ज्ञानको बाटो रोजेमा, जीवन तिनले बुज्नेछन् ।।

आफ्नै जीवन नबुझ्दा, यो अलपत्र भएको हो ।

तिमीले जीवन बुझेको, चर्चा मात्र गर्ने हो ।।

 

शिव शिव भनेर, भक्त कति भन्दछन् ।

सुन्छु मैले सुन्न त, भनेको नै बुझ्दैनन् ।।

अर्थ उल्टो लाईदिने, अचम्मको संसार ।

शिव बल्ल पाईने, ब्रह्मज्ञान पहिले बुझेर ।।

 

आज सम्म तिमीले पनि, खोज्नु शिव खोजेको ।

जप तप ध्यानकै बाटो, तिमीले पनि रोजेको ।।

जीवन मृत्यु नबुझी, अन्धकारमा कुदेको ।

ब्रह्मज्ञानकै पछि लाग्दा, आँखा मेरो खुलेको ।।

 

धन्यवाद …

अरू लेखहरू पढ्न रजिष्टर गर्नु हाेला र सदस्य बन्नु हाेला ।

रजिष्टर गर्न यहाँ जानु हाेला । Click here

 

This post is also available in: English

Leave a Reply